News 24 Television
अशोक राईको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता 

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएर दर्ता गरेको छ ।

उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालका ७ सांसद साथमा लिएर राईले आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि आइतबार निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा आयोगले सोमबार दल दर्ता गरेको हो ।

जसपा नेपालबाट बहुमत सांसद र अधिकांश केन्द्रीय सदस्य लिएर पार्टी फुटाएका राईले आफ्नो अध्यक्षतामा नयाँ जसपा गठन गरेका हुन् । राईको नयाँ पार्टीलाई आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल गर्ने निर्णय गरेको हो । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update