News 24 Television
उपेन्द्र यादव भन्छन्- 'सरकारलाई समर्थन कायमै छ'

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन निरन्तर रहने बताएका छन् ।

    पार्टी कार्यालय वालकुमारीमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहेका पार्टी अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आजका मितिसम्म जारी रहेको बताए  । “सरकारलाई दिएको हाम्रो समर्थन यथावत छ, बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर रहन्छ”, उनले भने ।  

    राजनीतिक अस्थिरता र गलत क्रियाकलापको पात्र आफ्नो पार्टी नभएको जिकिर गर्दै अध्यक्ष यादवले भने– “आगामी दिनमा दिइने समर्थन सरकारकै व्यवहारमा भर पर्छ ।”

    केही व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पार्टीलाई विभाजन गरेको उनको भनाइ थियो । बहुमत सांसद र केन्द्रीय नेता आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले आफू विदेश भएका बेला पार्टी विभाजन गरेको तथा निर्वाचन आयोगले पनि हतारमा दल दर्ताको प्रमाणपत्र दिएको बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update