News 24 Television
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त छ । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।

    कार्की झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो । 

    नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै बेलुका ५ बजे पद तथा गाेपनीयताकाे सपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update