राष्ट्रपतिसँग प्रधानमन्त्रीले गरे भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । आइतबर दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री दाहालले राष्ट्रपतिसँग भेटघाट गरेका हुन् ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । यद्यपि भेटकाे विस्तृत विवरण सार्वजनिक गरिएकाे छैन ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ १६:०२
प्रतिक्रिया दिनुहोस्
