News 24 Television
यसरी भत्काइयो विष्णुमती किनारका घर-टहरा (तस्वीरमा)

काठमाडौँ । टोखा नगरपालिकाले विष्णुमती करिडोर निर्माणलाई प्राथमिकता दिएसँगै केही दिन अघि मात्र काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले टोखा नगरपालिकाको नाममा पत्राचार गरी तत्काल विष्णुमती करिडोरमा २० मिटरको सडक निर्माण गर्न र घर-टहरा हटाउन निर्देशन दिएको थियो ।

लामो समयदेखि गोंगबु बसपार्क क्षेत्रमा रहेका कपडा पसलका टहरा, सामुदायिक भवन र घर भत्काउने कार्यलाई नगरपालिकाले सुरु गरेको छ । 

नगर प्रमुख प्रकाश अधिकारीको भनाईअनुसार नयाँबसपार्क नजिक रहेको विष्णुमती किनारका टहरा पसलहरु पनि तत्कालै खाली गरेर २० मिटरको बाटो निर्माण गरिने बताएका छन् । नगर प्रमुख अधिकारीले विष्णुमती किनारमा २० मिटरको सडकबाट नयाँबसपार्क हुँदै साङला र बुढानिलकण्ठ जाने बाटो निर्माण नै नगरपालिकाको प्रमुख एजेण्डा भएको बताएका छन् । 

54cfd4bf-919b-4ad9-b81e-01d20935d56a-1715774154.jpg

टोखा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले सुन्दर र सफा हरियाली टोखा निर्माणमा नगरपालिकाले अनाधिकृत घर/टहरा हटाउनुका साथै सार्वजनिक जग्गा संरक्षणलाई पहिलो प्राथमिता दिएको छ । खाली गरिएका जग्गाहरुमा पार्क र सडक निर्माणमा प्रयोग गरिने बिसीले बताए । 

टोखाले वडा नं. ११ को विष्णुमती करिडोरका घर/टहरा स्थानीयलाई नै हटाउन लगाएको छ । नगरपालिकाले सार्वजनिक जग्गाहरुमा पार्क र करिडोर क्षेत्रमा २० मिटरको पक्की सडक निर्माणमा जोड दिएको छ । 

bishnumati3-1715774153.jpg
आजको कायृक्रममा जनप्रतिनिधिहरु, कर्मचारी, नगर प्रहरि, नेपाल प्रहरि, सशस्त्र प्रहरि र स्थानीयको सहभागितामा वडा नं. ९ मा घर/टहरा हटाउने कार्य भएको थियो ।

bishnumati2-1715774152.jpg
ac2f99d3-cf70-4e29-a70d-e70b200a3a0b-1715774153.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update