News 24 Television
मदन–जीवराज स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस आज मनाइँदैछ ।  एमाले र नेकपा (एकीकृत समाजवादी) ले जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको  स्मरण गरी मनाउँदै छन् ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update