काठमाडौं । उद्यमशील कांग्रेसले ‘उद्यमशीलता, उद्यमी र बजेट’ भन्ने नारासहित नयाँ बजेटले उद्यमशीलता प्रवद्र्धनमा लिनुपर्ने बाटोका विषयमा छलफल गरेको छ ।
छलफलमा युवाहरु विदेश पलाएन भइरहेको अवस्थामा देश भित्रै कसरी उद्यमी बन्न सकिन्छ भन्ने विषय केन्द्रीत थियो । नयाँ पुस्तालाई कसरी उद्यमी बनाउने र स्वदेशमा नै कसरी व्यवसाय गर्न सकिन्छ भन्ने ध्येयका साथ उद्यमशील कांग्रेसले सरोकारवालासहित छलफल गरेको छ ।
उधमशीलता, उधमी र बजेट भन्ने नारा सहित नयाँ बजेटले उद्यमशीलता प्रबद्र्धनमा लिनुपर्ने बाटोका विषयमा शनिबार काठमाडौंमा छलफल गरिएको हो ।
युवा पुस्ताका उद्यमी युवा र विद्यार्थीहरु संग गरिएको छलफलले सरकारले व्यवसाय गर्न चाहनेहरुका लागि बनाउनु पर्ने वातावरण, व्यवसाय सञ्चालन गर्ने व्यक्तिले पु¥याउनु पर्ने ध्यान लगाएतका बिषयमा छलफल गरिएको थियो ।
करीब एक सय भन्दा बढी युवा उधमी तथा व्यवसायीहरुको सहभागीता भएको छलफलमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल र व्यवसायीहरु निरोज खनाल र निकिता आचार्यले छलफलमा उठेका प्रश्नहरुको सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजिकरण मोहन गजुरेलले गरेका थिए ।
युवाहरुमा स्वदेशमा नै कसरी उद्यमी बन्न सकिन्छ भन्ने उदेश्यले बजेट आउनु भन्दा अगाडि नयाँ पुस्ताको भावना समेट्नका लागि छलफल गरिएको उधमशील कांग्रेसले जनाएको छ ।
छलफलमा आएका कुराहरुलाई टिपोट गरेर प्रधानमन्त्री समक्ष पेश गरी बजेटमा उधमीको माग सम्बोधन गर्न पहल गर्ने उद्यमशील कांग्रेसको भनाई छ ।
नेपालमा व्यवसाय सञ्चालन गर्दाको चुनौति, राज्य र स्वयंम् व्यवसायीकै क्षेत्रबाट गर्नु पर्ने कामको विषयमा छलफल गर्दा व्यवसाय सञ्चालनमा भोग्नु पर्ने र भोगेका चुनौतिका बारेमा जानाकार बनेको सहभागीहरुको भनाई छ ।
छलफल पछि कार्यक्रममको सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलले सरकारले नीति तथा कार्यक्रम राम्रो आए पनि युवाहरुलाई उधमी बन्ने र स्वदेशमै व्यवसायीक बन्न सक्ने वातावरण निर्माण गर्न नसकेको टिप्पणी गरे ।
उनले हरेक बर्ष नीति तथा कार्यक्रममा शैक्षिक प्रमाण पत्र धितो राखेर व्यवसाय गर्न लोन प्रवाह गर्ने कुरा उल्लेख गरिए पनि कार्यान्वयमा लैजान नसक्दा चुनौति भै रहेको औंल्याए ।
छलफलमा सहभागी उद्यमीहरुले कार्यक्रमका वक्ताहरुलाई कुरामा भन्दा पनि कार्यान्वयमा जोड दिन नसक्दा नेपालमा व्यवसायीक मैत्री वातारण बन्न नसकेको बताए ।
अहिले देश भित्र देखिएको आन्तरिक अर्थतन्त्रको समस्याले गर्दा व्यवसायीक मैत्री वातावरण बन्न नसकेको उनीहरुको गुनासो छ ।
