News 24 Television
कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

    आजै पहिलाे बैठक १५ मिनेटका लागि स्थगित बैठक पुनः सुरु भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै वेल घेराउ र नाराबाजी गर्नमा उत्रिएका थिए ।

   पुनः सुरू भएको बैठकमा पनि कांग्रेस सांसदले वेल घेराउ र नाराबाजी गरे पनि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।

    कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update