News 24 Television
संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई ओलीको आग्रह

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् ।

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । उनले भने, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।”

अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु रहेकाे बताए। उनले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीच भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update