News 24 Television
संसदमा काँग्रेसको माग– ‘गृहमन्त्रीलाई तत्काल पक्राउ गरियोस् !’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । 

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा बागमती प्रदेश सभा सांसद गीता बस्नेत पक्राउ पर्दा लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताए । सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । 

ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने पाण्डेको भनाइ छ । 

सहमहामन्त्री पाण्डेले उपप्रधानमन्त्री लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट एवं अर्बभन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहो¥याउँदै उहाँको नाम किटान गरेर संसदीय छानविन समिति नबनेसम्म आफूहरुले संसद बैठक चल्न नदिने अडान पनि राखे । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update