देउवा भेट्न बुढानीलकण्ठमै पुगे प्रधानमन्त्री !
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न उनको निवास बूढानीलकण्ठमै पुगेका छन् । आइतबार बिहान देउवा निवास पुगेका पुगेका प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि छलफल गरेको बताइएको छ ।
समसामयिक राजनीतिक परिस्थिति र संसदको गतिरोधबारे कांग्रेसका नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेको बेला प्रधानमन्त्री प्रचण्ड पनि पुगेका हुन् । सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म संसदको अवरोध जारी राख्ने अडानमा रहेको काँग्रेसलाई सहमतिमा ल्याउन प्रधानमन्त्रीको सक्रियता बढेको छ ।
आज संसदको बैठक बस्दै छ । त्यसअघि सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले काँग्रेस, एमाले, रास्वपा लगायत दलका शीर्ष नेताहरूको बैठक पनि बोलाएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ १०:४१
प्रतिक्रिया दिनुहोस्
