काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गरेको विषयमा विवाद चलिरहेको छ । पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नविकरण गरेको हल्ला चलेपछि उनी सक्रिय राजनीतिमा आउन खोजेको चर्चा पनि उत्तिकै छ । यसै अवस्थाका बीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वराष्ट्रपतिले दलको सदस्यता पनि लिने अनि पूर्वराष्ट्रिपतिको सेवासुविधा पनि लिन पाउछ भन्दै प्रश्न गरेको छ ।
दुई कार्यकाल राष्ट्रपति बनेपछि निवृत्त जीवन विताइरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चर्चा र विवादमा छिन् । भण्डारीले सक्रिय राजनीति गर्न खोजेको भन्दै एमालेमा एक पक्षका नेताहरुले चर्को आलोचना गरिरहेका छन्, भने केहि नेताहरुले भण्डारीलाई राजनीतिमा ल्याउने कोसिस गरिरहेका छन् ।
यस्तोमा एमालेले सदस्यता नविकरण अभियान चलाइरहँदा भण्डारीले पनि सदस्यता नविकरण गरेको विषय चर्चामा छ । सदस्यता नविकरणको विषयमा चर्चा चल्दै गर्दा भण्डारी दलको सदस्य बने राज्यबाट पाउने सेवा सुविधा पाउँछिन वा पाउँदिनन् भन्ने प्रश्न कांग्रेसको छ ।
कानूनले पुर्वराष्ट्रपतिलाई दलको सददस्यता नलिन वा लिएमा राज्यबाट पूर्वराष्ट्रपतिको सेवा सुविधा नलिन कुनै व्यवस्था गरेको भने देखिन्न् । राष्ट्पति बन्नेबेला नै दलको सदस्यता त्याग गर्नुपर्ने प्रावधान भएपनि त्यसपछि दलको सदस्यता लिन नपाइने वा लिएमा अमान्य हुने व्यवस्था कतै देखिन्न ।
एमालेमा तरङ्ग
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक रुपमा सक्रिय बन्ने विषयले एमालेमा केपी ओली निकटका नेताहरु तनावमा परेका छन् । तर, भण्डारी पक्षका नेताहरुले भने उनलाई सक्रिय राजनीतिमा ल्याउन प्रयास गरिरहेका छन् ।
एकातिर, भण्डारी एमालेले आयोजना गर्ने कार्यक्रममा प्रमुख अथिति बन्ने गरेको देखिन्छ भने अर्कातिर, ओलीले आफ्ना जुँगा पलाउन थालेको भन्दै नेतृत्व मोह देखाउने काम चलिरहेको छ । अझ, ओलीले भण्डारीलाई विवादमा ल्याउन खोजिएको भन्दै आरामले घरमा बस्न सुझाव समेत दिने गरेका छन् ।
यस्तो विषयका कारण पनि भण्डारीले सक्रिय राजनीति गर्ने गरि तयारी गरेको बुझ्न कठिन छैन् । यस्तो भएमा एमालेमा फेरि दुई धार बन्ने र ओली कमजोर बन्ने खतरा बढ्सक्छ । यि र यस्ता कारणले पनि भण्डारीको सपना तत्काल पुरा हुने सम्भावना भने देखिन्न ।
