नयाँ सरकारको चर्चा : कांग्रेस-एमाले आन्तरिक छलफलमा
काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बाेलाएकाे छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजेका लागि बाेलाइएकाे बैठकमा नयाँ सरकार गठनका बारे छलफल हुने बताइएकाे छ ।
विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि सचिवालय बैठक बाेलाएको छ । आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
संसदका प्रमुख ठूला दल एमाले-काँग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भइसकेकाे चर्चा छ ।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ ०९:२६
प्रतिक्रिया दिनुहोस्
