News 24 Television
कांग्रेस–एमालेको वक्र दृष्य, टीआरसीले प्रचण्ड अर्को फसादमा !

काठमाडौं । वर्तमान अस्थिरताको प्रत्यक्ष चेपुवामा संक्रमणकालीन न्याय पर्ने त होइन ? यो आम आशंकाको विषय हो । माओवादी केन्द्र सत्ताबाट बाहिरिने सम्भावना बढेपछि संक्रमणकालीन न्याय प्रणालीले अन्तिम टुंगो लाग्ने मौका पाउँदैन कि भन्ने आशंका बढेको देखिन्छ । 

अब कांग्रेस सत्ता यात्राको तयारीमा छ । यसै समय गिरिजाप्रसाद कोइरालाको फोटो प्रदर्शनीमा १० वर्षे जनयुद्धलाई शान्तिमा ल्याउन प्रमुख भूमिका खेलेकोे विषयमा स्मरण गरिएको छ । 

कांग्रेसको शान्ति प्रकृयाको यो भूमिका स्मरणले संकमणकालीन न्यायमा अन्याय नहोला कि भन्ने झिनो अपेक्षा भने गरिएको छ ।

संक्रमणकालीन न्याय निरुपण, अहिलेको प्रमुख समस्या हो । द्वन्द्धपीडितहरु अहिले पनि न्यायको पर्खाईमा छन् । तर, राज्य र नेताहरुको अकर्मण्यताका कारण न्यायको आशामा तड्पिन बाध्य छन् पीडित । 

संक्रमणकालीन न्यायमार्फत यसको टुंगो लाग्नुपर्ने भएपनि दलहरुका अडानका कारण यो विषय टुंगो लाग्न सकेको छैन् । तर, दल र नेताहरु भने यसलाई अन्तिम निष्कर्षमा पु¥याउनुपर्ने कुरामा बहस गरिनै रहेका छन् । 

तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले साहसका साथ विद्रोही शक्ति तत्कालीन नेकपा माओवादीसँग शान्ति सम्झौता गर्दै मुलुकलाई शान्तिमा प्रवेश गराए ।

मुलुकमा शान्ति मात्रै आएन, गणतन्त्र, संविधान र संघीयतासहित धेरै कुरा प्राप्त भए । तर, गिरिजाको निधन भएको लामो समय वितेपनि कांग्रेस गिरिजाले सुरुवात गरेको शान्ति प्रक्रियालाई पुरा गर्ने ध्याउन्नमा भने खास पस्नै चाहेन् । यद्दपी, गिरिजाको स्मरणमा कांग्रेसले गरेको फोटो प्रदर्शनीमा भने कांग्रेस सभापति शेरबहादुर देउवाले गिरिजालाई स्मरण गर्दै गणतन्त्र उनकै कारण आएको भनेका छन् । 

देउवाले गणतन्त्रमा गिरिजाको योगदानको विषयमा चर्चा गरेपनि गिरिजाले नै शान्ति स्थापनाका लागि खेलेको भूमिका र संक्रमणकालीन न्याय टुंगिन नसक्दा देखिएको अकर्मण्यताबारे भने खास बोलेनन् । यस्तो स्थितिमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । 

सिटौलाले जस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि शान्ति प्रक्रियामा चिन्ता व्यक्त गरेका छन् । 

एमाले पनि शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्नुपर्नेमा दृढ देखिएजस्तो देखाउँदै आएको  छ । तर, समृद्धिविना शान्ति कायम हुन नसक्ने दाबी एमालेको छ ।

टीआरसीमा अड्कोको संकेत

संक्रमणकालीन न्याय अब टुंगोमा पुग्नेमा आशंका थप बढेको छ । शान्ति प्रक्रियाको एक पक्ष माओवादी सत्ताबाहिर रहने र अर्को पक्ष सत्तामा रहने विषयले टीआरसी लम्बिने डर पैदा भएको छ । 

कांग्रेस–एमाले टीआरसीलाई आफ्नो परिभाषा अनुसार अघि बढाउन खोज्ने दिशामा केन्द्रित हुने र माओवादी अब प्रतिपक्षमा रहेको झोक फेर्ने स्थिति बन्दा यो विषयले टुंगो पाउनेमा शंका बढ्दै गएको छ । तर, पीडितले चुहाएका आशु र पर्खिएको न्यायले के दल र नेताहरुलाई पोल्ने काम गर्ला ? यो नेताहरुका अबका कदमले देखाउने छ । 

कांग्रेस–एमालेको वक्र दृष्य, टीआरसीले प्रचण्ड अर्को फसादमा !

संक्रमणकालीन न्याय अब टुंगोमा पुग्नेमा आशंका थप बढेको छ । शान्ति प्रक्रियाको एक पक्ष माओवादी सत्ताबाहिर रहने र अर्को पक्ष सत्तामा रहने विषयले टीआरसी लम्बिने डर पैदा भएको छ । 

कांग्रेस–एमाले टीआरसीलाई आफ्नो परिभाषा अनुसार अघि बढाउन खोज्ने दिशामा केन्द्रित हुने र माओवादी अब प्रतिपक्षमा रहेको झोक फेर्ने स्थिति बन्दा यो विषयले टुंगो पाउनेमा शंका बढ्दै गएको छ । तर, पीडितले चुहाएका आशु र पर्खिएको न्यायले के दल र नेताहरुलाई पोल्ने काम गर्ला ? यो नेताहरुका अबका कदमले देखाउने छ । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update