News 24 Television
वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ  : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । 

शुक्रवार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको बताए । यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताउँदै उनले पार्टीहरुबीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको पनि बताए । सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्ने बताउँदै अध्यक्ष नेपालले भने, ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ । हाम्रो पार्टीहरुको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ । सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ । हामी लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्छौं ।’
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update