News 24 Television
एमाले संसदीय दलको बैठक आइतबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।  बैठक आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले बताए। 

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update