News 24 Television
जेलमा भएका सहकारी सञ्चालकहरूसँग पनि समितिले बयान लिने

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने बताएका छन् ।

बुधवार सहकारी पीडितहरुसँगको छलफलमा बौल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले कानूनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताए । उनले विदेशमा भएका सहकारी ठगहरुलाई नेपाल ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने पनि बताए ।

 सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरुलाई न्याय दिलाउने गरी आफूले काम गर्ने थापाको भनाइ छ । उनले समितिले आश्वासन भन्दा पनि वास्तविकतामा आधारित भएर काम गर्ने बता बताउँदै सरकारको तर्फबाट भएका लुप होलहरु पनि समितिले खोजिरहेको बताए । 

सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट वचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको उनको भनाइ छ ।

‘समितिले नभएका आश्वासन दिँदैन । समितिले जे हो, त्यो गर्छौं,’ थापाले भने, ‘सरकारको तर्फबाट लुप होलहरु छन् भने ती पनि खोजिरहेका छौ । सरकारका निकायहरु गृह प्रशासन,प्रहरीलाई बोलाएर पनि भनिरहेका छौ । सहकारी ठगेर विदेश जो पलायन भएका छन् । उनीहरुलाई नेपालमा ल्याउने कानूनी प्रवन्धका बारेमा जानकारी लिएका छौं । सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले होइन । सहकारीका माध्यमबाट वचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको छ । समितिले पनि यही कुरामा बढी केन्द्रित भएर आएका तथ्यहरुलाई केलाइरहेका छौं । राज्यका निकायहरुले किन लापरबाही गरेर भनेर पनि हेरेका छौं ।’
 
उनले  चितवनमा एउटै मान्छे कोषाध्यक्ष, पोखरामा अध्यक्ष र नेपालगञ्जमा उपाध्यक्ष अर्को ठाउँमा ऋण समितिको सदस्य एउटै मान्छे हुने विषयलाई पनि समितिले गम्भिर रुपमा अध्ययन गरिरहेको बताए । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update