News 24 Television
आशंकाको घेरामा कांग्रेस–एमाले सहमति, निरंकुशताको आक्षेप

काठमाडौं । नयाँ सरकार गठन गर्ने भन्दै कांग्रेस–एमालेले गरेको भनिएको सहमतिको विषयमा प्रश्न उठेको छ । जनतालाई भन्न नमिल्ने गरि गरिएको सहमति कस्तो, किन र केका लागि भन्ने प्रश्न जोडदार ढंगले उठेको छ । माओवादी केन्द्रसहित रास्वपा लगायतले प्रश्न गर्दा कांग्रेस एमाले भने सहमति समय आएपछि बताउने भन्दै आलटाले जवाफ व्यापारीको घरमा पुगेर सहमति गरियो ? कस्तो सहमति हो ? लगायतका प्रश्नहरुले पेचिला प्रहार गरे । कांग्रेस–एमालेले नयाँ सरकार गठन गर्ने भन्दै मध्यरातमा गरेको सहमति अहिलेसम्म सार्वजनिक नभएपछि यो विषयमा चौतर्फी प्रश्न र शंका उब्जिएको छ । 

मध्यरातमा गरिएको भनिएको सहमतिबारे प्रधानमन्त्री प्रचण्डले षडयन्त्र गर्नका लागि सत्ता समिकरण फेर्न खोजिएको आरोप लगाए । माफियाको इन्ट्रेस्टमा सरकार परिवर्तन गरिएको आरोप लगाउँदै आफु नेत्तृत्वको सरकारले कल्पना नै नगरेकाहरुलाई पनि थुनेर देखाएको दाबी गरे । 

प्रधानमन्त्रीले जस्तै माओवादी केन्द्रले पनि कांग्रेस–एमालेबीच भएको भनिएको सहमतिमा प्रश्न गरिएको छ । सहमतिका बुँदा गोप्य राखेका कारण संविधानको नाममा पश्चागमनतर्फ लैजान खोजिएको आरोप लगाउदै जनताको अधिकारलाई सुनिश्चित गर्न माग गरेको छ । 

सत्ताबाट प्रतिपक्षमा धकेलिन थालेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एमाले कांग्रेसले गरेको सहमतिमा गम्भीर प्रश्न उठाएको छ । मध्यरातमा गरिएको सहमतिको उद्देश्य सर्वसाधारण जनताले नै थाहा पाइसकेको भन्दै दुई ठूला दलको सहमति कसलाइ जोगाउन हो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रश्न समेत गरेको छ । 

दुई ठूला दलबीच भएको सहमतिमा के विषय समेटिएका छन भन्ने प्रष्ट नहुँदा उठेका प्रश्नमा कांग्रेस–एमाले भने मौन रहेका छन् । दुई दलबीचको सहमति लगायत गठबन्धनबारे प्रश्न गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारबारे कुरा राख्दै गर्दा कांग्रेसले नियमापत्ति ग¥यो । कांग्रेस सांसद रामहरि खतिवडाले रवि लामिछानले सम्बोधन गर्दै गर्दा नियमापत्ति गरेपछि उपसभामुखले समय छोट्याउन आग्रह गरिन् । त्यसपछि गृहमन्त्री रविले समय टुंग्याए । 

सत्ता उलटफेरमा देखिएको यस्तो स्थितिले संसदमा जुहारी नै चलेको छ । तर, दुई ठूला दलले गरेको सहमतिको विषय सार्वजनिक नहुन्जेल सम्म प्रश्न भने उठ्ने देखिन्छ । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update