News 24 Television
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ ।  पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । 

बैठकले नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुनेको नाम पनि  टुङ्गो लगाउने जनाइएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने जानकारी दिए। 

कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनका लागि हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरिसकेका छन् ।   

 बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको मुख्यसचिव पौडेलले जनकारी दिए । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update