प्रधानमन्त्री ओलीले लिए शपथ
काठमाडौँ । नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन् । नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
ओलीले शुक्रबार राति संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए । चौथो पटक सरकारको नेतृत्व गर्न लागेका ओलीलाई कांग्रेस, एमाले सहित जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ ।
यसअघि २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत भएका थिए ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १२:०३
प्रतिक्रिया दिनुहोस्
