News 24 Television
प्रधानमन्त्री भन्छन्- 'सरकारको उच्च प्राथमिकता अग्रगमन'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्याउन आह्वान गरेका छन् । 

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझाव-पत्र ग्रहण गर्दै शुक्रबार उनले  मुलुकलाई अग्रगमन लानुका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने बताए । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले  भने, “सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ ।  ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ । ”

  एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए । उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए  ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update