News 24 Television
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई समर्थन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाई बढी सांसदको मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले संसदबाट सानदार बहुमत प्राप्त गरेका हुन् । 

यसअघि आफ्नै पार्टीको झण्डै दुई तिहाई मत सुरक्षित गर्न नसकेका प्रधानमन्त्री ओलीलाई अहिले फेरि त्यहि चुनौति थपिने शंका गरिएको छ । प्रधानमन्त्री केपी ओलीले संसदबाट दुई तिहाई बढि सांसदको समर्थन प्राप्त गरेका छन् । 

प्रतिनिधिसभामा उपस्थित २६३ सांसदमध्ये ७४ मत विपक्षमा प¥यो भने १ मत तटस्थ । यस्तै ओलीको पक्षमा १८८ मत परेको छ । 

नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी नेपाल, जनता समाजवादी, जनमत पार्टी लगायतले ओलीलाई विश्वासको मत दिएका हुन् । 

विश्वासको मत दिने पार्टीले संविधान संशोधनको मुद्दालाई विशेष बनाएका छन भने प्रतिपक्षले शंका व्यक्त गरेको छ । यस्तै संसदमा प्रतिपक्षले ओलीमाथि लगाएका आरोपमध्ये राष्र्टिय स्वतन्त्र पार्टीले लगाएको आरोपमा ओली खरो पेश भए । 

रास्वपा र ओलीबीच जुहारी लोकतन्त्रको सवालमा चल्यो । माओवादी केन्द्रले संविधान संशोधनमा शंका ग¥यो भने ओलीले संविधान संशोधन सबैको सहमतिमा हुने र नभए प्रक्रियामा गएर हुने चेतावनी दिए । 

संसदमा जुहारी चलेपनि प्रधानमन्त्री ओलीले दुई तिहाई बढि सांसदको समर्थन प्राप्त गरेका छन् । 

ओलीलाई जुरेको यो संयोग

तत्कालीन नेकपा कालमा पनि ओलीले यसैगरि दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका थिए । आफ्नै पार्टीसँग झण्डै दुई तिहाई मत थयो । तर, ओलीले त्यसलाइ जोगाउन भने सकेनन् ।

पार्टी र दुई तिहाई मत जोगानउ नसक्नुको मुख्य कारण ओलीलाई नै मानिने गरेको छ । ओलीको रवैयाका कारण पार्टी विभाजन मात्रै भएन्, ओली पदच्यूत नै हुन पुगे । 

अहिले पनि भिन्न–भिन्न दलको समर्थनमा दुई तिहाई बढि मत पाएपछि फुरुङ्ग भएका ओलीले यो मतलाई देशका लागि उपयोग गर्लान् वा नेकपामा हुँदा जस्तै व्यवहार देखाउलान त्यो भने समयक्रमसँगै खुल्दै जानेछ । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update