पूर्वमन्त्रीले घुस दिएको विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं जसपाका सांसद डा. वीरेन्द्र महतोेले घुस दिएको विषय अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएका विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिएका हुन् । आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको पनि उनले बताए ।
“घुस प्रकरणमा तत्काल छानबिन थाल्न आदेश भएको छ । यो विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ”, गृहमन्त्री लेखकले भने, “सदनमा एक सदस्यले आफ्नो छोराको सर्टिफिकेटको सन्र्दभमा विचौलीयालाई घुस दिएको कुरा उठाउनुभएको छ । मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउन आग्रह गरेको छु ।”
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ १६:५२
प्रतिक्रिया दिनुहोस्
