News 24 Television
आयु छोट्याउदै कांग्रेस ! एमालेको पनि अर्कै डिजाइन !

काठमाडौं । एमाले–कांग्रेसको सत्ता गठबन्धन तीन वर्षसम्म टिक्ला त ? कि सहकार्यको तीन–चार महिनामै दरारका रेखाहरु बलिया बन्लान् ? के कस्ता कारण दरार आउनसक्ने चर्चा भइरहेको छ त ? यो पछिल्लो समय राजनीतिक वृतमा चासो र चर्चापरिचर्चाको विषय बनिनै रहेको छ ।

विशेष गरि गिरिबन्धु टी स्टेट प्रकरणदेखि सरकारको काम कारबाहीमा अहिलेदेखि नै आशंका उत्पन्न छन् । अहिले पनि कांग्रेसले गिरिबन्धु प्रकरणमा छानविनको माग गरिरहेको छ । यस अवस्थामा दुई ठूला दलको सत्ता सहकार्य कहिलेसम्म टिक्ला त ? सम्भावना के छन् ? 

गएको असार १७ गते राति कांग्रेस–एमालेले सत्ता सहकार्यको समझदारी गरे । सत्ता समीकरणमा फेरबदलको आकलन पहिलेदेखि भएपनि कांग्रेस–एमाले बीचको सत्ता सहकार्यको समझदारीलाई सामान्य प्रकृयाको रुपमा विश्लेषण गरिएन । 

अहिले पनि धेरैले यो सत्ता गठबन्धनलाई आश्चार्यको रुपमा चित्रण गरिरहेका छन् । एकातिर, नयाँ समीकरण प्रतिको शंका उपशंका कायम रहेकै छ । 

अर्कातिर, सरकारले कामको गति बढाउने दाबी सत्ता गठबन्धनको ठुलो दल कांग्रेसले गरेको छ । तर, प्रतिनिधिसभामै कांग्रेसले गिरिबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनको माग पनि गरिरहेको छ । कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरण होस वा जे भएपनि प्रधानमन्त्रीले गल्ति गरे नछाड्ने भन्दै गिरिबन्धुमा छानविनको माग गरेका छन् ।

कांग्रेसले यस्तो माग गर्ने विषय नयाँ भने होइन् । यद्दपी, अहिले एमाले–कांग्रेसको सत्ता सहकार्य रहेकाले यो विषयलाई सेलाउन नै नदिने कांग्रेस रणनीतिले सत्ता सहकार्यको आयुलाई प्रभावित पार्ने देखिन्छ । 

कांग्रेसले गिरिबन्धु प्रकरणमा प्रधानमन्त्री ओलीलाई आरोपित गर्दै आएको छ भने नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आरोप लगाउने काम चलिरहेको छ ।

यस्तोमा सरकार फेरिएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेका वेचन झा र पुर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ गरेपछि यो अवस्था सिर्जना भएको दाबी गरिन्छ । यस अवस्थाका बीच आइतबार मात्रै पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पनि वेचन र प्रतिक पक्राउ गर्ने प्रहरी अधिकारीलाई किन सरुवा गरेको ? भन्दै प्रश्न गरेका छन् । 

रास्वपाले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवालाई वेचन झा र प्रतिकको पक्राउमा शंका गरेको छ । 

सत्ता फेरिनुको आशंकामा प्रतिपक्षी जब्बर बन्दै

सत्ता समिकरण फेर्नुको कारणमा प्रतिपक्षले नक्कली भुटानी शरणार्थी प्रकरणमा वेचन झाको पक्राउलाई प्रमुख विषय बनाएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री प्रचण्डले पनि विचौलियाले सरकार फेरेको आरोप लगाइसकेका छन् । 

वेचन झाको सम्पर्क कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ र उनीसँग सम्बन्ध रहेको आरोप लाग्दै आएको छ । 

यस्तोमा वेचन झा र एमाले उपाध्यक्ष समेत रहेका पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक पक्राउ प्रकरणलाई जोडेर सत्ता फेरबदलमा जोड्न खोजिएपछि सत्ता पक्षलाई संकट आउने शंका गर्न थालिएको छ । यस्तै, प्रतिपपक्षले प्रहरीको सरुवादेखि वेचन पक्राउले पनि प्रतिपक्षले चाल्ने कदमले सरकारलाई गम्भीर असर पर्ने 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update