News 24 Television
काँग्रेसलाई रविको जवाफ– ‘भ्रष्टाचार पनि हामीले गरेका हौँ भनेर स्वीकारिदिए हुन्थ्यो’

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताएका छन् । तर फाइल खोलको जस लिन काँग्रेस नेताहरु अघि सरेको भन्दै उनले भ्रष्टाचार काण्डहरु पनि काँग्रेसीहरुले गरेको भनेर स्वीकार गरिदिए राम्राे हुने बताए ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैँले खोलेको र भ्रष्टाचार पनि आफैँले गरेको हो भनेर स्वीकार्न आग्रह गरे । उनले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरु आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए । उनले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप समेत लगाए । 

उनले भने, ‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरुलै खोलेकै होइनौँ भन्ने कुराहरु आए । ठिक छ, तपाईंहरुले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन । काण्डहरु पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो । ३० औं वर्षमा यी काण्डहरु पनि आफैँले गरेको हो भनिदिए राम्रो हुन्थ्यो । फाइल तपाईंले नै खोल्नुभएको हो । तर बन्द नहुँदै ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास गर्नुभयो । जुन फाइलमा प्राण थियो । त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोशिस गरेका हौँ ।’

सभापति लामिछानेले आफू सरकारमा कुनै पनि पूर्वाग्रही ढंगले काम नगरेको जिकिर गरे । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update