News 24 Television
अरु पार्टी छोडेर आउनेलाई एमालेमा ‘उपहार’

काठमाडौं । नेकपा एमालेले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । विहीबार बसेको एमाले सचिवालय बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । 

योसँगै एमालेले एक व्यक्ति एक जिम्मेवारीको नीतिमा अघि बढ्ने कार्यलाई लय दिन खोजेको देखिन्छ । यद्दपी, पार्टी अध्यक्षबाहेकलाई एक जिम्मेवारी प्रदान गर्ने प्रयास गरिए पनि अहिले नै यो नीति पूर्ण लागु भने भएको छैन । बैठकले गरेको निर्णय अनुसार अब कसको काँधमा के आयो त  जिम्मेवारी ? के यो जिम्मेवारी बाँडफाँड एमालेभित्र सन्तुलित देखिन्छ ? 

नेकपा एमालेभित्र नेताहरुको जिम्मेवारी हेरफेर गरिएको छ । विहीबार बसेको एमाले सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै पार्टी थप सुदृढीकरणलाई ध्यानमा राखेको बताएको छ । 

कसले पाए के जिम्मेवारी ?

कोशी प्रदेश इन्जार्च – शेरधन राई 

मधेश प्रदेश इन्जार्च – लीलानाथ श्रेष्ठ 

बागमती प्रदेश इन्जार्च – डा. राजन भट्टराई 

गण्डकी प्रदेश इन्जार्च – किरण गुरुङ 

लुम्बिनी प्रदेश इन्जार्च – पद्मा अर्याल 

कर्णाली प्रदेश इन्जार्च – गोरखबहादुर बोगटी 

सुदूरपश्चिम प्रदेश इन्जार्च – लेखराज भट्ट


नेकपा एमालेले सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी 

-   मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत

-  रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत

-  संसदमा सत्ता गठबन्धनकै मुख्य सचेतकको रुपमा जिम्मेवारीमा रहेका सांसद महेश बर्तौलासहित १७ जना केन्द्रीय सदस्यमा मनोनीत 


निर्वाचन आयोगमा सदस्य मनोनीतहरु
    अमनसिंह तामाङ, सिन्धुपाल्चोक
    झवी पोखरेल, कपिलवस्तु
    नर्मदा भण्डारी, गुल्मी
    रत्ना गुरुङ, काठमाडौं
    कमला केसी, कैलाली

-   मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत 

सल्लाहकार परिषद् सदस्यमा मनोनीतहरु 
    कुलानन्द गिरी, रोल्पा
    महेन्द्र थापा, रोल्पा
    पीएल श्रेष्ठ, तनहुँ
    शिवचन्द्र कुशहवा, बारा
    रामप्रित पासवान, सप्तरी
    एकवाल मियाँ, कपिलवस्तु
    डा. गोपाल खनाल, नवलपुर
    खालित हुँसेन, सुनसरी
    हरि रिजाल, प्युठान
    प्रेमबहादुर सिंह, कालिकोट
    कृष्णप्रसाद दाहाल, मकवानपुर
    विनु ढकाल, मोरङ
    सानु श्रेष्ठ, बागमती
    सिर्जना शर्मा, गण्डकी
    प्रदीप भण्डारी, कोशी
    अर्जुनबहादुर थापा, सुदूरपश्चिम
    श्याम ढकाल, बर्दिया
    नारायण मरासिनी, स्याङ्जा
    धनेन्द्र घिमिरे, पाल्पा
    नन्दलाल रोकाया, बाँके
    जनक पौडेल, बागलुङ
    मेघनाथ सुवेदी, पर्वत
    नारायण मलासी, डोटी
    सुवासचन्द्र ठकुरी, मकवानपुर

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update