News 24 Television
आजपाको प्रश्न - मधेस सरकारमा मन्त्रालय १२, मन्त्री २० किन ?

जनकपुर । ‘कहि नभएको जात्रा हाडी गाउँमा’ भने जस्तै अहिले मधेस प्रदेशमा भईरहेको छ । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ । 

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह सत्तारुढ गठबन्धनको आवश्यकक्तामा अझै मन्त्रीको संख्या बढाउँने योजनामै रहेका छन् । 

आठ वटा मात्रै जिल्ला भएको मधेस प्रदेश भूगोलको आधारमा सानो छ । तर यति मन्त्री किन बनाएको भन्दै सरकारको आलोचना भईरहेको छ । सर्वसधारण नागरिक देखी बिभिन्न क्षेत्रका बुद्धिजिवि, राजनीतिक दल, पेशा व्यवसायी लगायतका व्यक्तिहरुले सरकारको यस्तो गैरजिम्मेवार कामको आलोचना गरिरहेका छन् । 

यसैबीच प्रभु साह नेतृत्वको आम जनता पार्टी मधेस प्रदेश कमिटीले आठ जिल्ला रहेको सानो भूगोलको प्रदेशमा १२ मन्त्रालय र २० मन्त्रीको आवश्यक्ता किन पर्यो भन्दै प्रश्न उठाएको छ । आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेसको बिकास बजेट लुटने प्रपञ्च हो भन्दै प्रश्न गरेका छन् । 

‘देशमा सुशासन, बिकास र स्थायित्वको लागि एमाले र कांग्रेस गठबन्धन बनेको बताईरहदा मधेस प्रदेशमा ठीक उल्टो २० सदस्यीय मन्त्रीमण्डल बिस्तार भएकोछ । देशको सबभन्दा सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेशको बिकास बजेट लुटने प्रपञ्च हो रु’ कुशवाहाले प्रश्न गरेका छन् । 

मधेस प्रदेशमा दलित, गरिबहरुको घर बनेको पैसा सरकारले दिन सकिरहेको छैन् । मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको अभाव रहेको र शिक्षा तथा स्वास्थय सेवाको स्तर खस्किरहेको बताउँदै उनले यहाँको व्यापार चौपट भएको, युवाहरुले रोजगार पाउँन नसकेको, सिंगै मधेस प्रदेश मावन विकास सूचकांकमा पछाडी परेको अवस्थामा सरकारले मिहिन तरिकाले काम गर्नुको साटो मन्त्री नियुक्त, विस्तार, भागबण्डा, भ्रष्टाचार र अनियमितताको खेलमा लागेको आजपाले जनाएको छ । 

‘आठ वटा जिल्ला मात्र भएको प्रदेशमा २० वटा मन्त्रीको रेकर्डले के मधेशको नाम बढ़ाउने छ कि बदनाम गर्नेछ रु सिके राउत संग सोधन चाहन्छु । आज मधेशमा दलित र गरिबहरु घर बनेको पैसा सरकारले दिन सकिरहेको छैन, विद्यार्थीको अनुपात शिक्षक छैन, शिक्षा र स्वास्थ्यको स्तर खस्कीदोछ, उधोग व्यापार चौपट छ, युवाले रोजगार पाएको छैन, सिंगै मधेश मानव बिकास सूचकांकमा पछाडी छ । यस्तो अवस्थामा अनावश्यक मन्त्रीमण्डल बिस्तार कुनै पनी हिसाबले सही छैन । यस विषयमा गठबन्धनका नेताहरुले समयमा ध्यान देओस, नत्र जनता चुप लागेर बस्दैन ।’

मधेसको विकासका लागि ध्यान दिनुपर्ने सरकारले भ्रष्टाचारमा लिप्त रहेको र सत्तारुढ गठबन्धनमा रहेका पार्टी, नेतालाई भागबण्डाको आधारमा कमाउँने धन्दामा लागेको आरोप उनले लगाएका छन् 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update