News 24 Television
रवि लामिछानेमाथि सरकारले अनुसन्धान गर्नुपर्छ : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। मंगलवार प्रतिनिधि सभा बैठकमा उनले करोडौं सहकारीमा ठगी गरेका तत्कालिन गृहमन्त्री लामिछाने तत्काल छानविन गरी कारबाहीको दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका हुन् । 

तत्कालीन प्रमुख प्रतिपक्ष दलको सांसदको हैसियतमा लेखकले लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट करोड रुपैयाँ बुझिलिएको प्रमाण पेश गरेको उल्लेख गर्दै महामन्त्री थापाले सोही प्रमाणको आधारमा उनीमाथि छानविन गर्नुपर्ने बताए । उनले जतिसुकै शक्तिशाली भएपनि सरकारले अनुसन्धानको दायरामा ल्याएर आफू को हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने पनि बताए । उनले प्रतिपक्षमा रहँदा गिरिबन्धु टि स्टेट, भूटानी शरणार्थी प्रकरणमा घोटाला देख्ने तर सत्तामा आएपछि देख्दै नदेख्ने काम सरकारले गर्न नहुने पनि दोहो¥याए ।

महामन्त्री थापाले डेडिकेटेड टं«कलाइनको वक्यौता रकम राज्य नठगिने गरी असुली गर्न पनि सरकारलाई दबाब दिए । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update