काठमाडौं । शान्ति प्रक्रियापछि मुलधारको राजनीतिमा आएको माओवादी केन्द्रले करिब दुई दशकदेखि नै तीव्र क्षयिकरणको सामना गरिरहेको छ । सत्तामुखी चरित्रमै रुमालिएको माओवादीप्रति जनता विकर्षित भएका छन् ।
२०६४ सालको आम निर्वाचनमा पहिलो दल हुँदा माओवादीले समानुपातिकमा ३१ लाख मत प्राप्त गरेको थियो । तर माओवादी घट्दो जनाधारसँगै ०७९ सालको निर्वाचनसम्म आइपुग्दा ११ लाख मतमा सिमित छ ।
यी दुई निर्वाचनको बिचको अवधिमा माओवादी सँधै तेस्रो दल बन्दै आयो । यद्यपि यो अवस्थामा पनि सत्ता र सरकार माओवादीको प्राथमिकतामा रह्यो । पार्टी संगठन र निर्माणलाई भुलेको माओवादी कमजोर जनाधारमा पुगेको अवस्था छ । सँधै सत्ता लिप्त माओवादी केही महिना अघिसम्म पनि सरकारमै थियो । तर सरकार छाडेपछि एक्लिएको माओवादी पार्टी संगठनलाई मजबुद पार्न भन्दै जनतामा जाने तयारीमा छ ।
पार्टी पदाधिकारी बैठकमै जनतामा जाने निश्कर्ष निकालेको माओवादी अहिले आन्तरिक मन्थनमा छ । तर पार्टीको स्थायी कमिटि बैठमा नै नेताहरुले मुल नेतृत्वकै विकल्प खोज्न थालेपछि अध्यक्ष प्रचण्ड गम्भीर संकटमा परेका छन् । खासगरी माओवादी केन्द्रका उपमहासचिव जनर्दन शर्माले राजनीतिक दस्तावेज नै जारी गरेर अध्यक्ष प्रचण्डलाई निशानामा पारेका छन् । उपमहासचिव शर्माले अब प्रचण्डले पार्टी नेतृत्व छाडेर तेस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
प्रचण्डलाई जनार्दनले दिएको यस्तो विकल्प
अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने। वा,
अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने। हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मुल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेश्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने।
वा।
हालको केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्ने ।
प्रचण्डको विकल्प किन ?
जनार्दन जनयुद्ध काल देखिकै प्रचण्डका विश्वास पात्र हुन । पार्टी पटक पटक विभाजन हुँदा पनि जनर्दन भने प्रचण्डसँगै रहे । यसको बदलामा जनार्दनले पनि पटक पटक अवसर पाउँदै आएका छन् । पार्टीमा प्रचण्ड ३५ वर्ष देखि सर्बैसर्वा छन् । यद्यपि पार्टीको प्रगतिभन्दा दुरगति बेसी छ । तसर्थ जनार्दनले पार्टी नेतृत्वको विकल्प खोजेका हुन् ।
जनार्दनले प्रचण्डमाथि पार्टीलाई सिमान्तकृत समुदायसँग अलग बनाएको, जनजिविकाका सवालबाट टाढा बनाएको, परिवारवादी हावी, पार्टी संरचनालाई अन्योलग्रस्त तथा योजना र संगठनविहीन बनाएको औल्याउँदै नेतृत्वको विकल्प खोजेका हुन् । पार्टीका उपमहासचिव जनार्दन शर्मा पछिल्लो समय अध्यक्ष प्रचण्डसँग सवाल जवाफ गर्ने देखि फरक विचारसमेत व्यक्त गर्दै आएका छन् । यही अवस्थमा प्रचण्डले आफूमाथि पार्टी फुटाउन लागेको भन्दै अफवाह फैलाएको जनार्दनको आरोप छ ।
गुटले माओवादीमा समस्या
हुनपनि माओवादीमा विभिन्न गुट छन् । त्यसको व्यवस्थापन नै अध्यक्ष प्रचण्डको लागि टाउको दुखाइको विषय बनेको छ । तत्काल गुटका कारण पार्टी फुटीहाल्ने अवस्था नरहेपनि माओवादीको नेतृत्व फेरिएको अवस्थमा पार्टी नफुट्ला भन्ने अवस्था छैन । यसअघि अध्यक्ष प्रचण्डले वर्षमान पुन र जनार्दनबीचकै संघर्षलाई मध्यनजर गरेर तेस्रो विकल्प खोज्दै देव गुरुङलाई महासचिव बनाएका थिए । यो अर्थमा गुट व्यवस्थापन नै प्रचण्डका लागि समस्याको विषय बनेको छ । तरपनि प्रचण्ड अझै सबै गुटलाई व्यवस्थापन गरेर पार्टीको नेतृत्वमै रहने चाहना व्यक्त गरिरहेका छन् ।
केही दिन अघि मात्रै गुट व्यवस्थापन गरेर आफ्नै नेतृत्व कायम गरेर माओवादीलाई अघि बढाउने बताएका प्रचण्डले स्थायी कमिटि बैठकमा जनार्दनको झड्का भेटेका छन् । प्रचण्ड अझै पार्टी नेतृत्वमै रहने चाहनासहित अन्य दलहरुसँगको एकता चाहन्छन् । तर माओवादीका जनार्दनसहितका धेरैजसो नेताहरु भने प्रचण्डलाई अझै नेता मानिरहने अवस्थामा छैनन् । जसले अध्यक्ष प्रचण्डलाई कमजोर मात्रै पारेको छैन, उनको राजनीतिक जीवन नै चरम संकटमा फसेको छ ।