News 24 Television
रास्वपाले पनि स्थानीय तहको उपनिर्वाचनमा भाग लिने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका हुन् । उनले निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको जानकारी दिए । पार्टी निर्वाचनमा कसरी जाने भन्ने सन्दर्भमा थप छलफल गरेर निस्कर्षमा पुगिने उनको भनाई छ । 

लामिछानेले भने, ‘राजनीतिक दल भाग नलिने भन्ने कुरै छैन । कुन ढंगले भनेर हाम्रो छलफल भइरहेको छ । थप छलफल गर्दैछौँ कसरी, कुन तरिकाले जाने त्यसको वर्कआउट गर्छौं । बल्ल शुरुवात भएको छ ।’

देशभरमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्ष गरी ३४ पदमा रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ भने रिक्त स्थानहरुमा मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि निर्वाचन आयोगले सूचना आह्वान समेत गरिसकेको अवस्था छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update