News 24 Television
टिआरसी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

काठमाडाैँ । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको छ ।

राष्ट्रिय सभाको बिहीवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सभाबाट सर्वसम्मतिले पारित भएको हो ।

सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा विधेयक प्रस्तुत गरेका थिए । मन्त्री चौरसियाको प्रश्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update