काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनको सम्मुख पुग्न थालेको छ । कांग्रेस विधान अनुसार आगामी वर्ष महाधिवेशन गर्नुपर्ने समय हो । तर, विधानले नै एक वर्ष थप्न सक्ने विकल्प भने दिएको छ । यस्तोमा महाधिवेशनबाट कसले पार्टी नेतृत्व लिने भने होडबाजी तीव्र बनेका बेला महामन्त्रीद्वय भने संकटमा फस्न थालेका छन् ।
नेपाली कांग्रेस फरक मतलाई सम्मान गर्ने स्वभावको पार्टी जस्तो देखिन्छ । पार्टीमा अभिव्यक्ति स्वतन्त्रताको नाममा हुने विवाद र लफडाबाजीले हद नाघे पनि शक्ति संघर्ष आन्तरिक रुपमा भने रोचक बन्ने गरेको छ । कांग्रेसको विधानले दुई कार्यकालभन्दा बढि समय सभापतिमा जान नमिल्ने व्यवस्था गरेका कारण अन्तिम कार्यकालको नेतृत्व गरिरहेका शेरबहादुर देउवाले कसलाई उत्तराधिकारी बनाउलान भन्ने चासो स्वभविक देखिन्छ । तर, कांग्रेसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले थालेका कदम भने प्रतिशोधको भुङ्ग्रोमा पर्ने खतरामा देखिन्छन् ।
कांग्रेसमा देउवापछि नेतृत्वको आकांक्षीको रुपमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, बालकृष्ण खाण, शेखर कोइरालादेखि गगन–विश्वप्रकाश समेत लाइनमा छन् । यस्तोमा कांग्रेसको आगामी महाधिवेशन नेतृत्वको कुम्भ मेला जस्तो बन्ने सम्भावना पनि उत्तिकै छ ।
नेतृत्वको हानाथाप
पार्टी नेतृ्त्वमा देउवा तेश्रो कार्यकालका लागि आउन नमिल्ने भएका कारण उनले कसलाई अघि सार्छन् भन्ने चासो आम रुपमा छ । कांग्रेसको सबै पक्षले देउवालाई रिझाएर नेतृत्वमा दाबी गर्ने मनस्थिति बनाएको देखिन्छ । यस्तोमा पहिले देउवालाई प्रधानमन्त्रीमा सहज सघाउनुपर्ने स्थिति बन्ने विश्लेषण हुन थालेको छ ।
जुन कुरा महामन्त्री विश्वप्रकाश शर्माले कार्यकालको समयसीमा तोक्नुपर्ने भन्दै गरेको प्रस्तावले समेत प्रष्ट पारिसकेको छ । विश्वप्रकाशले गरेको प्रस्तावमा कांग्रेसका शीर्ष नेताहरुले गरेको विरोध र देउवालाई रोक्न षडयन्त्र गर्ने भन्दै गरेको प्रश्न पनि आगामी महधिवेशन केन्द्रित रहेको बुझ्न कठिन छैन् । तर, देउवालाई सहज प्रधानमन्त्रीमा सघाएर नेतृत्वमा देउवाको साथ खोज्ने कांग्रेसमा रोचक प्रतिष्पर्धा छिट्टै सय्चालन हुने स्थिति बन्दै गएको छ ।
देउवाको मनोदशा
पार्टी सभापतिको रुपमा दुइ कार्यकाल र भागबण्डामा बलियो स्थितिसहित शक्ति अभ्यासमा रहेका देउवा अब प्रधानमन्त्री बन्ने लाइनमा छन् ।
कांग्रेस–एमाले गठबन्धनबाट प्रधानमन्त्री बन्न सकिन्छ वा सकिदैन भन्ने हिसाब देउवाले गरेपनि सहज स्थिति नबने अर्को बाटो अपनाउने देखिन्छ । कांग्रेस–एमाले गठबन्धनमा देउवाले गरेको एकल निर्णयमा कांग्रेस एकढिक्का बन्नुमा समेत नेतृत्वको दौडले भरथेग गरेको देखिन्छ ।
यस्तोमा देउवाले अब एक कार्यकाल प्रधानमन्त्री बन्ने र त्यो बाटो पार्टीभित्रबाट सहज होस भन्ने चाहना राख्नु स्वभाविक बन्ने स्थिति छ ।
यस्तोमा पार्टी सभापतिमा कसलाई सघाउने भन्ने विषयमा खेल्दै देउवा शक्ति अभ्यास र पत्नी आरजु राणा देउवालाई समेत सेटलमेन्ट गराउने ध्याउन्नमा केन्द्रित हुनेछन् ।
गगन–विश्वलाई संकट
नेतृत्वमा गगन थापालाई विश्वप्रकाश शर्माले सघाउने सार्वजनिक रुपमै बोलिसकेका छन् । सार्वजनिक रुपमा विश्वप्रकाशले समर्थन गरेपनि गगन गुटका नेता शेखर कोइरालाले आफू सभापतिको उम्मेदवार बन्ने भन्दै गर्दै कांग्रेसको इतर पक्षमा समेत मिलाप टाढा बन्ने विश्लेषण हुन थालेको छ ।
अझं पार्टीका विभिन्न बैठक तथा छलफलमा महामनत्रीद्वयले लगेका प्रस्ताव नै संशोधन गर्नेदेखि उनीहरुले उठाएका हरेक प्रश्नमा गम्भीरतापूर्वक प्रश्न गर्ने गरि कांग्रेसमा चलेको बहसले पनि दुबै महामन्त्रीद्वय संकटमा फस्दै गएका छन् ।
के गगन–विश्वले एकतापूर्वक आगामी महाधिवेशनबाट नेतृत्व लिने गरि सहकार्यको ढोका खोल्न सक्लान् ? देउवाको समर्थन जुटाउन सक्लान् ? वा युवा जमातलाई समेट्दै नयाँ पुस्तामा नेतृत्व ल्याउने गरि पहल थाल्न सफल बन्लान् ? यस्ता तमाम प्रश्नको घेराबन्दीमा उनीहरु परेका छन् भन, पार्टीमा प्रस्ताव गरेका प्रायः प्रस्तावमा उठ्ने प्रश्नको जवाफ दिन सक्लान ? दबाब थेग्नै मुस्किल हुने स्थिति बन्न थालेको छ ।
