काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली र सत्ता पक्षलाई संसदमै प्रश्नै–प्रश्न गरेका छन् । विद्युत बक्यौतामा प्रधानमन्त्रीले गोलमाल गर्न खोजेको आरोप लगाएका प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेता समेत आफैसँग राख्न चेतावनी दिए । उसोतः संसदमा प्रचण्डले सत्ताको खेलमा नलाग्ने भन्दै जनतामा जाने उद्घोष समेत गरेका छन् ।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सरकार बिचौलिया र दलालको इशारामा बनेको आरोप लगाएका छन् ।
सरकारका पछिल्ला गतिविधि हेर्दा पनि सरकार कसरी बन्यो भन्ने विषय थाहा हुने भन्दै संसदमा बोलेका प्रचण्डले माओवादी केन्द्र अब सरकार र सत्ताको हिस्सेदारी बन्न नआउने र जनताको पक्षमा काम गर्ने बताए ।
प्रचण्डले ओलीमाथि गम्भीर प्रश्न उठाउदै आफूमाथि अस्थिरताको कारक बनेको आरोप लाग्ने गरेको भन्दे उनले ३२ सिटले एक्लै यस्तो गर्न सक्छ भन्दै कांग्रेस–एमालेप्रति प्रश्न गरे । सरकार माफियाहरुको सेवामा अग्रसर रहेको गम्भिर आरोप समेत लगाए ।
सरकार विचौलियाले बनाएको आरोप लगाएका प्रचण्डले विद्युत प्राधिकरणको बक्यौता रकममा समेत लामो भूमिका बाँधे । व्यापारी पोस्ने गरि अघि बढिरहेको सरकारले बक्यौता रकममा तलमाथि गर्न खोजेको आरोप लगाउदै प्रचण्डले मन्त्रिपरिषद्बाट २२ अर्ब बक्यौता उठाउने निर्णय गर्न चुनौति समेत दिए ।
संसदमा प्रचण्डले ओलीमाथि प्रश्नै–प्रश्न गरे । विभिन्न संस्थानमा सुधारका काम हुन थालेको देख्नै नसहने गरि किन अघि बढेको भन्दै आक्रोश पोखेका प्रचण्डले त्रिभुवन विश्वविद्यालयमा मेरिटोक्रेसीपछिका नतिजालाई समेत सरकारले अन्यत्रै मोड्ने काम गर्न खोजेको आरोप लगाए ।
संसदमा आक्रोश पोखेका प्रचण्डले सरकारको सय दिन नपुग्दै आलोचना गरेपछि उनको यो आलोचना संसदीय मर्यादा र अभ्यासको प्रतिकुल भएको आरोप समेत लागेको छ । तर, प्रचण्डले देखाएको संकेत र नेताप्रति जनताको बुझाईबारे भने छरपष्ट पारिदिएका छन् ।
नेताको चालचलनलाई जनताले मन नपराएको भन्दै गौरा पर्वको अवसरमा खुलामञ्चमा भएको विरोधलाई संकेत गर्दै प्रचण्डले सच्चिनुपर्नेमा समेत जोड दिए ।
