News 24 Television
संसदमा माओवादीको अवरोध जारी, बैठक स्थगित

काठमाडौँ । संसदमा एमाले सांसदलृे माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेर बोलेको विषयमा विवाद जारी रहँदा आज पनि संसद बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गर्दै संसद अवारोध जारी राखेको हो ।

यसअघि बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय शब्द नभएको र रेकर्डबाट नहटाउने बताएएपछि माओवादीले बैठक अवरुद्ध पारेका थिए । आइतबार बसेको संसद बैठकमा पनि यसबारे विवाद नसुल्झिएपछि संसद अवरुद्ध भएको हो ।

भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले माओवादी विद्रोहलाई हिंसा भनेर संसदमा होच्याउने अभिव्यक्ति दिएका थिए । त्यसको माओवादी सांसदहरुले प्रतिवाद गर्दै आएका छन् । यस विषयमा सहमति जुटाउन आइतबार बिहान सभामुख घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेन । उक्त शब्द रेकर्डबाट नहटाएसम्म संसद चल्न नदिने माओवादीको अडान छ । बैठक चल्न नसके पनि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका छन् ।


 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update