News 24 Television
राजेन्द्र महतोले घोषणा गरे राष्ट्रिय मुक्ति क्रान्ति

काठमाडाैँ । राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।  'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' नाम दिएर उनले नयाँ पार्टी घाेषणा गरेका हुन् । 

मंगलवार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकबाट महतोले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।  कार्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने उनकाे भनाइ छ ।

राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिव ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update