काठमाडौं । सहकारी ठगी प्रकरणमा पुरक उजुरी र छानविन समितिको सिफारिस कार्यान्वयनको विषयले चर्चा पाइराख्दा रवि लामिछाने पक्राउ पर्ने हल्ला चल्यो । आईतबार एकाएक मिडियहरुमा रविलाई पक्राउ गर्न प्रहरी नै परिचालित भएको भन्दै समाचारहरु प्रकाशित भएपछि रास्वपा र रवि नै संशकीत हुन पुगे ।
रास्वपाका नेताहरुले सभापति पक्राउ पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर कार्यकर्ताहरुलाई पार्टी कार्यालयमा उपस्थित हुन उर्दी गरेका थिए । तर रवि आइतबार नै भने पक्राउ परेनन् ।
यद्यपि उनका पूर्वव्यापसायिक पार्टनर नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीलाई पक्राउ गरिएपछि रवि पनि पक्राउ पर्नसक्ने कार्यकर्ताहरुमा डर थियो ।
पोखरास्थित सुर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा बचतकर्ताहरुले दिएको निवेदनमाथि थप छानविन गर्न रविविरुद्ध अनुसन्धान गर्न पूरक उजुरी दिने तयारी छ । तर रवि भने सरकारको गतिविधिलाई षड्यन्त्रको रुपमा परिभाषित गर्दै सहकारी ठगी प्रकरणमा आफू दोषी नठरिएको दावी गरिरहेका छन् ।
संसदीय छानविन समितिले सहकारीको करोडौ रकम गोर्खा मिडिया प्रालिमा जम्मा भएको र उक्त रकम रविसहितका संचालक समितिले खर्च गरेको ठहर गरेको छ ।
गैरकानूनी ढंगले गोरखा मिडया प्रालिमा आएको सोही रकम खर्च गरेकै आधारमा दोषी भएको भन्दै छानविन समितले रविमाथि पनि कारवाही सिफारिस गरेको छ । तर यसलाई रविले सहकारीको रकम अपचलन गरेको आरोप पुष्टि नभएको तर्क गरिरहेका छन् । तर सत्ता पक्ष र छानविन समितिले भने रविबाट घुमाउरो पाराले रकम अपचलन भएको दावी गरिरहेका छन् ।
सत्ता पक्षको यही जोड र रास्वपाको दावी विपरितको तर्कले रविमाथि कारवाही हुनसक्ने आशंका जिवितै छ । जसका कारण रास्वपा र रवि अझै ढुक्क हुनसक्ने अवस्थामा छैनन् ।
रवि र प्रचण्डको एकै बोली
रविलाई पक्राउ गर्न गृहमन्त्रीकै निर्देशन गएको र प्रहरीले पूरक उजुरी लैजाने क्रममा रहेको चर्चा चलिरहँदा यसको खास रहस्या लुप्त नै छ । तर रास्वपा नेताहरुले रविलाई क्लिन चिट नै दिइको भन्दै गरिरहेको टिप्पणीप्रति सत्ता पक्ष असन्तुष्ट छ । जसका कारण पनि सत्ता र सरकारप्रति रवि ढुक्क हुने अवस्थामा छैनन् ।
रविले आफूलाई पक्राउ गर्ने तयारी भइरहेको चर्चालाई सत्ताको उन्मादका रुपमा परिभाषित गरिरेका छन् । उलने सामाजिक संजालमा स्टाटस नै लेखेर प्रधानमन्त्री ओलीलाई इगित गरि भ्रष्टचारीको संरक्षकको रुपमा संज्ञा दिएका छन् ।
यो टिप्पणीले प्रतिपक्षमा रहेको माओवादी केन्द्रसँगको लयलाई रास्वपाले पनि मिलाएको देखिन्छ । किनकी नेकपा माओवादी केन्द्रले काँग्रेस एमालेको नयाँ समझदारीलाई अमुक व्यक्तिको घरमा रातारात गरिएको अनैतिक सम्झौता भन्दै आएको छ ।
सत्तामा रहँदा सुशासनको पक्षमा काम गर्दागर्दै सरकारबाट बहिर्गमित हुन पुगेको दावी गर्ने रास्वपा र माओवादी अहिले प्रतिपक्षबाट उस्तै अभिव्यक्ति दिने गरेका छन् ।
यसै क्रममा रविले पनि एमाले काँग्रेसको समझदारीलाई बन्द कोठामा गरिएको अनैतिक सम्झौताकै रुपमा परिभाषित गर्न खोजेको देखिन्छ । काँग्रेस एमालेको गठबन्धनपछि सत्ता पक्षको पेलानमा रहेका रास्वपा र माओवादी केन्द्र अहिले विचार मिल्ने मुद्धामा सहकार्य गर्ने तयारीमै छन् ।
माओवादीले विचार मिल्ने दलहरुसँग सहकार्य गर्ने बाटोलाई पहिले बाटै खुला राखेकामा रास्वपाले पनि भर्खरै महाधिवेशनको मिति तोक्दै विचार मिल्ने दलहरुसँग सहकार्य गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
