काठमाडौं । संविधान संशोधनको विषयमा प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलले गम्भीर आशंका व्यक्त गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान संशोधनको नाममा कांग्रेस एमालेले सत्ताको खेल खेल्न खोजेको भन्दै मुलुकलाई उल्टोबाटोतर्फ लैजाने षडयन्त्र त हुने होइन भन्दै आशंका बढाइ दिएका छन् ।
संविधान संशोधन पछिल्लो समय पेचिलो विषय बन्न पुगेको छ । संविधान संशोधनको सर्तसहित कांग्रेस एमालेले सत्ता सहकार्य गरेको भनिएपछि स्थिति तरङ्गित बन्न पुगेको छ । कांग्रेस एमालेले संविधान संशोधनलाई स्थिरता र सुधारतर्फ लैजाने गरि गर्नुपर्नेमा जोड दिइने जिकिर गरिरहेका छन् ।
कांग्रेसजस्तै एमाले पनि संविधान संशोधनको पक्षमा दृढ बन्ने दाबी गरिरहेको छ । तर, दुई फरक ध्रुबमा उभएका दलले गर्ने संविधान संशोधनको विषयबारे भने अन्योलता कायमै छ । यस्तोमा एमाले पनि संविधान संशोधन संख्याको आधारमा मात्रै नभई सर्वस्वीकार्य बनाउने प्रतिबद्धता जनाइरहेको छ ।
प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरिरहेका छन् । तर, संविधान संशोधन अत्यन्तै संवेदनशीलत गम्भीर विषय हो । संविधान संशोधनलाई सहज र दबै दलले सहमति जुटाएर गर्न नसक्दा यसले स्थिति भयावह हुनसक्ने स्थिति बन्न सक्छ ।
माओवादी केन्द्र पनि संविधान संशोधनको विपक्षमा नरहेको दाबी गर्दै प्रचण्डले संविधान संशोधनमा छेडखानी गर्न खोजिए त्यसले ठूलो द्वन्द्धको सिर्जना गर्नसक्ने चेतावनी दिइरहेका छन् ।
प्रचण्डले संविधान संशोधन आवश्यक रहेको भन्दै शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायत विषयमा माओवादी छलफल गर्न तयार रहेको भन्दै उनले कांग्रेस एमाले संविधान संशोधनका लागि भन्दा पनि सत्ता प्राप्तिका लागि मिलेको र त्यो पारदर्शी तरिकाको सहकार्य नभएको समेत आरोप लगाइरहेका छन् ।
उसोतः विज्ञहरु पनि सविधानको सफल कार्यान्वयनका लागि देखिएका जटिलतालाई हटाउन पनि संविधान संशोधन गर्नुपर्ने आवाज उठइरहेका देखिन्छन् । अहिलेको संविधानको कार्यान्वयन नहुनु नै संविधान संशोधनको आधार भन्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि संशोधनका लागि आवश्यक पहल लिनुपर्ने मत राखिरहेका छन् ।
संविधानले तोकेका असिमित अधिकार र राज्य शक्तिको क्षमतामा तालमेल नहुनु र राज्य सञ्चालनमा राजनीतिक उदासिनता र अराजकता फैलिनु लगायतका विषयले संविधानको सफल कार्यान्वयन हुन सकेको देखिन्न ।
संविधानले असिमित अधिकार प्रदान गरेपनि नागरिकतहमा पग्दा त्यो कमजोर अवस्थामा छ भने समाजवाद उन्मुख संविधान भनिएपनि त्यसका आधारशिला तयार पार्ने क्रममा नै त्रुटिहरु देखिएकाले यसको आवश्यक परिमार्जन र संशोधनको विषय जोडबलले उठ्न थालेको छ ।
