News 24 Television
कोलम्बिया विश्वविद्यालयमा जब ओलीले प्रश्नै बुझेनन् ... 

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन भन्दै अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला न्यूयोर्कमा विभिन्न भेटघाटमा ब्यस्त छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न राष्ट्रका राष्ट्रप्रमुख लगायत विभिन्न ब्यक्तिहरुसँगको साइडलाइन वार्ता पनि गरेका विभिन्न छलफल अन्तरक्रियामा ब्यस्त छन् । यहि दौरानमा ओली कोलम्बिया विश्वविद्यालयदेखि हावर्ड विश्वविद्यालय पुग्दा नेपालको विश्वविद्यालयको सन्दर्भमा ओलीको आलोचना भइरहेको छ । 

२२ सदस्य नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्टङसंघको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्कमा निकै ब्यस्त छन् । 

शुक्रबार न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीको ध्यान राष्ट्रसंघको महासभा भन्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटतर्फ थियो । 

न्यूयोगक भ्रमणको दोस्रो दिनमै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग साइडलाइन वार्ता गरे । मोदीसँगको भेटवार्तालाई ओलीले निकै महत्वपूर्ण भेटको रुपमा लिएका छन् । 

ओली–मोदी भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई मजबुत बुनाउने बारेमा छलफल भएको थियो । भारतीय प्रधानमन्त्री मोदी, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेश लगायत विभिन्न देशका राष्ट्रप्रमुखहरुसँग पनि ओलीको भेटवार्ताहरु भए ।

योसँगै प्रधानमन्त्री ओली विभिन्न कार्यक्रमहरुमा ब्यस्त छन् । तर न्यूयोर्क भ्रमणमा रहेका ओलीको आलोचना पनि उत्तिकै भइरहेको छ । प्रवासी नेपालीहरुबाटै विरोध हुने डरले सुरक्षा संवेदनशिलताको कारण जनाउँदै प्रधानमन्त्रीको स्वागत कार्यक्रमसमेत स्थगित गरिएको थियो । 

प्रधानमन्त्री ओलीले न्यूयोर्क भ्रमणकै क्रममा कोलम्बिया विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गरे भने हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । 

कोलम्बियादेखि हावर्ड विश्वविद्यालयमा पुगेका प्रधानमन्त्री ओली केही दिनअघि मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह उनको ब्यस्तताका कारण स्थगित गर्नु परेको थियो । 

दीक्षान्त समारोह स्थगित भएकोमा क्षतिको भागिदार प्रधानमन्त्री हुनुपर्ने भन्दै संसदमा समेत आवाज उठेको थियो । 

आफ्ना नागरिकलाई बेवास्ता गर्ने प्रधानमन्त्री ओलीको कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्न लागेको भन्दै पूर्व शिक्षमन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठले भने ब्यङग्य गरेकी छन् । 

‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातल देखि फर्क भन्ने हो ?’ भनी ओलीले प्रश्न गर्न सुमनाले त्यहाँका नेपालीलाई सुझाएकी थिइन् । 

नभन्दै प्रधानमन्त्री ओली कोलम्बिया विश्वविद्यालयमा गरेको सम्बोधनले आलोचित भएका छन् । कार्यक्रममा सोधिएको प्रश्न समेत नबुझेर अर्कै जवाफ दिएपछि प्रधानमन्त्री ओलीको आलोचना भईरहेको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update