News 24 Television
एमालेले पनि राहत कोषमा ५० लाख दिने, कार्यकर्ता परिचालित गर्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सरकारको राहत तथा उद्धार कोषमा ५० लाख सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । साथै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बाढी–पहिरोबाट प्रभावितहरुको उद्धार, राहत वितरण तथा पुनस्र्थापनामा खटिन निर्देशन समेत दिएको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो । एमालेले आफ्ना प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई  राहत कोषमा स्वेच्छिक सहयोग गर्न अनुरोध समेत गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अमेरिकाबाट फर्केपछि मात्रै एमालेले राहत कोषमा सहयोग गर्ने निर्णय गरेको हो । यसअघि सत्तारुढ दल काँग्रेसले पनि उक्त कोषमा ५० लाख दिने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update