News 24 Television
बाढीपहिरोमा चुकिएको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति, हातेमालो गर्न आग्रह 

काठमाडौं । अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षतिको विमर्श चुलिएको छ । सरकारले समयमै उद्दार तथा राहतका कामहरु गर्न नसकेको भन्दै आलोचना भइरहेको छ भने सरकारले पनि केहि कमजोरी भएको स्वीकार गरेको छ । 

अत्याधिक वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण सयौले ज्यान गुमाएका छन भने केहि अहिलेसम्म वेपत्ता छन् । देशका विभिन्न राजमार्गहरु खुलेको केहि समयमै बन्द हुने स्थितिमा छन् । 

केहि दशैं अघि खोल्न कठिन हुने प्रक्षेपण गरिएको छ । यस्तो भयाबह स्थिति बन्दै गर्दा सरकारले मौसम पूर्वानुमान महाशाखाले जारी गरेको रेड अलर्टबारे समेत राम्ररी जानकारी लिने र सरकारलाई त्यसअनुसार तयार पार्ने काम नगरेको भन्दै गुनासो चलिरहेको छ । 

जसमा सबैभन्दा चासोको विषयमा रहेको नक्खू खोला प्रकरणमा गृहमन्त्रीले समेत जवाफ पेश गर्नुपरिरहेको छ । लेखकले प्रयत्न गर्दा पनि उद्दार गर्न कठिन भएको दाबी गर्दै गर्दा उनले गलत सूचना प्रवाह गरेको विषयमा भने खास जवाफ पेश गर्न सकेका छैनन् । यस्तोमा कांग्रेस महामन्त्री गगन थापाले नख्खुमा देखिएको घटनाको छानविन हुनुपर्ने जिकिर गरिरहेका छन् । 

नख्खु खोला बाढीबारे अनेक टिप्पणी चलिरहेको र सरकारले राहत तथा उद्दार जारी राखेको दाबी गरेपछि सरकारको दावीमा दम पुग्दैन । घण्टौ बाढीको बीचमा आलाप गरिरहेकाहरुको उद्दारमा पुगेको सुरक्षादस्ता उपकरण अभावमा रमिते बनेको थियो भने तत्काल के गर्ने भन्ने निर्णयमा समेत पुग्न नसक्दा हेर्दाहेर्दै ४ जना बगेका थिए । त्यसैले विपत्तिमा सरकार कतै पनि नदेखिएको भन्दै गुनासो गरिरहेका पीडितको आक्रोश अझै कम भएको छैन । 

बाढी पहिरो र डुबानको समस्याबाट अर्बाैको क्षति भइसकेको छ । यस्तो क्षति हुने गरि आएको बाढी र सरकारी तयारीको प्रश्नमा सरकारले जवाप पेश गरिरहेपनि पर्याप्त भने हुन सकेको छैन् । 

यस्तोमा चितवन–मुग्लिन नागढुंगा सवारी सञ्चालनमा रोक लगाएपनि कसरी सवारी भित्रिए र दुर्घटनामा परे भन्ने विषयमा सरकारले अनुसन्धान गर्ने जिकिर गरिरहेको छ । तर प्रधानमन्त्री केपी ओलीले भने मौसम पुर्वानुमान महाशाखाले जारी गरेको रेड अलर्ट जानकारीमा भएपनि यो स्तरको विपद् आउला भन्ने कल्पना नगरिएको र यस्तोबेला हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रधानमन्त्रीले लामो समय लगाएर पीडितलाई राहत, उद्दार लगायत विषयमा फेहरिस्त नै बताए । तर, विज्ञहरुले विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानीक नभएका कारण विपद्जन्य अवस्थामा सधैंअन्तर निकाय समन्वयको अभाव देखिने गरेको दाबी गरेका छन् । 

बाढि पहिरो र डुबानका कारण विपदमा परेका नागरिकलाई राज्य र सरोकारवाला निकाय मिलेर उद्दार, राहत, पुनःस्र्थापना लगायतका काममा तीब्रता दिन पर्नेछ । 

बाढीका कारण स्वच्छ खानेपानी, आवास, खाना लगायतका समस्या समेत निम्तिन सक्ने हुनाले यसतर्फ ध्यान दिन जरुरी छ । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update