News 24 Television
प्रधानन्यायाधीशमा राउत अनुमोदित, के–के भयो सुनुवाईमा ?

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सर्वसम्मतिले अनुमोदन भएका छन्  । संसदीय समितिले राउतलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेपनि उनीमाथि उठेका प्रश्न र जवाफ भने रोचक देखिए । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई संसदीय सुनुवाई समितिले बुधबार सर्वसम्मतिले अनुमोदन गरेको छ । 

समिति समक्ष आफ्नो भुमिकाबारे प्रतिवद्धता, सवाल–जवाफ लगायत विषयपछि प्रधानन्यायाधीशमा अनुमोदन भएका राउतले अब सर्वोच्चको नेतृत्व सम्हाल्नेछन् । सुनुवाईका क्रममा सिंहमाथि सांसदहरुले अनेक प्रश्न गरे भने उनले आफ्ना दलिल समेत पेश गरे । तर, बार–बेञ्च विवादमा भने उनले संविधानविरुद्ध बोल्न खोजेको आरोप समेत लगाए । 

राउतले यस्तो जवाफ पेश गरेपनि विकास निर्माणदेखि विभिन्न विषयमा सांसदहरुले सवाल राखेका थिए । जसमा उनले नागरिक हकको सुनिश्चितता र विकासमा कुनै बाधा नपु¥याएको जिकिर समेत लिए । 

हुनत, सुनुवाईका क्रममा सांसदले प्रश्नहरु तीखो ढंगले सोधेका थिए । सिंहविरुद्ध परेका विभिन्न ६ वटा उजुरीबारे समेत प्रश्न गरिएपनि उनले यस्ता प्रश्नमा यसरी नै आफूलाई पेश गरे । 

भने उनीहरुले लामो समयसम्म न्याय नपाउने स्थिति बनेको विषयमा समेत प्रश्न गरेका थिए । तर, यसमा पनि राउतले काठमाडौंबाहेक देशका कुनैपनि जिल्लामा दुई÷तीन वर्षभन्दा लामो समयसम्मका मुद्दा पेन्डिङ नरहेको दाबी समेत गरे । 

संसदीय समितिले सर्वसम्मतिले राउतलाई अनुमोदन गरेपनि अब उनलाई राष्ट्रपतिले सपथ खुवाएपछि मात्रै यसले औपचारिकता पाउनेछ ।

अघि बुधबार नै राउतमाथि संसदीय सुनुवाइ भएको थियो । उनले २४ बुँदे योजना पेस गरेका थिए । संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update