काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गर्दै दोश्रो चरणको आन्दोलन गर्ने भएको छ ।
नेताहरुले बोल्न तछाडमछाड गर्दै आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले रास्वपामाथि सरकारले खिसीट्यूरी गरेको आरोप लगाउदै तितो समेत पोखेका छन् ।
राििष्ट्रय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गर्दै दोश्रो चरणको आन्दोलन गर्ने भएको छ । मंसिर ८ गतेदेखि दोश्रो चरणको आन्दोलन गर्ने रास्वपाले जनाएको छ ।
सडकमा उत्रिएको रास्वपाले प्रधानमन्त्रीले पाँच दिनसम्म समय माग गर्दा पनि भेट्ने समय नदिएको भन्दै चित्त दुखाएको छ । देशको चौंथो ठूलो राजनीतिक शक्तिलाई प्रधानमन्त्रीले उपेक्षा गरेको रास्वपाको आरोप छ ।
पार्टी कार्यालयमा भेला भएका नेताहरुले बोल्न तछाडमछाड जस्तो गरिरहेका थिए । कतिबेला को त कतिबेला को नेताहरुले आन्दोलन, सरकार र रविबारे प्रष्टीकरण दिइरहेका थिए । उसोतः रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणबारे समेत टिप्पणी गरे ।
प्रधानमन्त्रीले विदेश भ्रमणबारे जानकारी दिनुपर्ने र जानकारी आएपछि टिप्पणी गर्ने वाग्लेको भनाई छ । उपसभापतिदेखि कार्यबाहक प्रवक्ता र नेता गणेश पराजुलीले धारणा राखे । यस्तोमा स्थानीय चुनावका लागि संयोजक तोकिएका पराजुलीले पनि सरकारले प्रतिशोध साँधेको आरोप पुनः दोहो¥याए ।
यसरी रास्वपाले गोलमोटल गरेर पत्रकार सम्मेलन गरेपनि उसले देशैभर हुन लागेको ४४ स्थानमा उम्मेदवारी भने दिन सकेन । बरु रास्वपाले आफुले तय गरेको उम्मेदवारहरूलाई डर, धम्की, प्रलोभन र अपहरणसमेत गर्न थालिएको गम्भिर आरोप लगाएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार तय गरेकी सुजाता फडेरा थापालाई अपहरणको शैलीमा बन्धक बनाई मनोनयन दर्ता नगर्न बाध्य पारिएको चुनावी संयोजक पराजुलीको आरोप छ ।
कीर्तिपुरमा सबै दलको नजर केन्द्रित हुँदा रास्वपाले उम्मेदवार नै पाएन भने आफ्ना उम्मेदवारलाई धम्क्याइएको आरोप लगाउँदै राज्यले सुरक्षाको प्रत्याभुत गराउनुपर्ने माग रास्वपाको छ । तर, यो आरोपमा निर्वाचन आयोग र प्रहरी प्रशासनले सत्यता नभएको दाबी गरिरहेका छन् ।
