दुर्गा प्रसाई भक्तपुरबाट पक्राउ
काठमाडौँ । प्रधानमन्त्री केपी ओली विरुद्ध अफवाह फैलाएपछि तथाकथित सामाजिक अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
मंगलबार सीआईबीकोे एक टोलीले प्रसाईलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो । प्रसाईंले कम्बोडियाको स्मार्ट आजिआटा टेलिकममा करिब २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै सोमबार एक भिडियो सार्वजनिक गरेका थिए ।
उक्त भिडियोमार्फत प्रधानमन्त्री ओलीविरुद्ध भ्रम फलाइएको र हस्ताक्षर लगायत कागजात कीर्ते गरिएको भन्दै सरकारले अनुसन्धानका लागि प्रसाईलाई प्रक्राउ गर्न लगाएको बुझिएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
