काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको आरोपलाई खण्डन गरेका छन् । जागरणसभा आयोजना गर्दै एमालेले निराशा चिर्ने, स्थिरताको प्रत्याभूत गराउने लगायतका विषयमा कुरा गरेपनि अधिकांश समय नेताहरुले आफ्नो बचाउमा समय खर्चिए ।
कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने विषयमा भने एमालेले संस्थागत रुपमै प्रतिवाद गरेको छ । केहि समयपहिलेदेखि प्रधानमन्त्री केपी ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लाग्दै आएको छ ।
ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै विवादित व्यवसायी दुर्गा प्रसाईले आरोप लगाउदै आएका छन्, भने अहिले यहि आरोप लगाएकै भरमा प्रसाई प्रहरी अनुसन्धानमा छन् ।
ओलीमाथि आरोपित गरेपछि प्रहरी हिरासतमा पुगेका उनीमाथि के हुन्छ भन्ने अहिले नै खुल्नसक्ने स्थिति त छैन् । तर, एमालेले भने संस्थागत रुपमै यस्तो आरोपको खण्डन गरिरहेको छ । एमाले महासचिव शंकर पोखरेलले कम्बोडियाको टेलिकममा लगानी गरेको विषय झुट भएको दाबी गरिरहेको छ ।
यस्तोमा पोखरेलले लगानी प्रमाणित गरे डबल दान दिने जिकिर गरेका छन् । लगानी प्रमाणित भए कानूनको दायरामा ल्याउछौं भन्नुको सट्टा डबल दान दिने जिकिर गर्दै महासचिव पोखरेलले कमजोर धरातलमा उभिएर खण्डन गर्न खोजेका छन् । यस्तै, एमाले अध्यक्ष समेत रहेका प्रधामन्त्री केपी ओलीले पनि कम्बोडियामा लगानी रहेको भन्दै भ्रमण छरिएको दाबी गरेका छन् ।
ओलीले कम्बोडियामा लगानी भएको भन्ने विषयको खण्डन गर्दै अमेरिकाको बैंकमा रहेको आधा सम्पत्ति पनि हो भनिदेउ न भन्दै आक्रोश पोखेका छन् ।
कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लागेपछि यो विषयमा सार्वजनिक रुपमा समेत विवाद भने बल्झिएको छ । यस्तोमा एमालेले शक्ति लगाएरै यसको प्रतिवाद भने गरेको छ । उसोतः ओलीले यो आरोपलाई पहिलेदेखि नै अस्वीकार गर्दै आएका छन् भने, प्रसाईले सार्वजनिक गरेको भनिएको कागजात र ओलीको भन्दै सञ्चारमाध्यमले सार्वजनिक गरेको नागरिकता विवरणमा समेत कैफियत देखिएको भन्दै बाहिर शंका भने गर्न थालिएको छ । यद्यपी प्रहरीले अनुसन्धान गरिरहेको विषयको निचोड सार्वजनिक नभएसम्म के हुन्छ भन्ने विषय चासोमै रहनेछ ।
विवाद र घटना
एमालेले मंसिर ७ गतेका लागि आयोजना गरेको जागरणसभाको संयोजक थिए, नेता राजन भट्टराई । राजन भट्टराईलाई संयोजक बनाएको एमालेले उनलाई कम्बोडिया जान अनुमति दिएपछि यो विषयमा थप आक्रोश र शंका छरिए ।
यसमा संयोजक नै किन आन्दोलन छाडेर कम्बोडिया हानिए ? यसमा तर्क वितर्क शुरु भएका छन् । यस्तो विवाद र आरोप लाग्न थालेपछि भट्टराईले कम्बोडिया जाने दलका नेताहरुको नाम सार्वजनिक गरे ।
यहि सूचीमा नाम रहेका माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटा भने कम्बोडिया गएनन् । अग्निले पार्टीका कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंमै समय व्यतित गरिरहेको देखिएपछि एमालेप्रति अर्को ढंगले आरोप लाग्न थालेको छ । भट्टराईले सार्वजनिक गरेको नाममा सापकोटा किन गएनन् ?
यो उनले भन्ने विषय भएपनि आफ्नो कम्बोडिया भ्रमणबारे प्रष्टीकरण दिन खोजेका भट्टराईलाई धक्का भने लागेको छ ।
