काठमाडौं । गत मंगलवार पक्राउ परेका मेडिकल व्यवसायी दर्गा प्रसाईविरुद्ध पटके अपराधमा अनुसन्धान अगाडी बढाइने भएको छ ।
एउटै अपराध आरोपमा पटक–पटक पक्राउ परेपछि प्रहरीले प्रसाईविरुद्ध पटके अपराधमा अनुसन्धान गर्ने बताएको छ । प्रधानमन्त्री केपी ओलीले क्याम्बोडियाको टेलिकममा लगानी गरेको विवरण सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
राजनीतिक शक्ति आर्जनका लागि विभिन्न उपाय अवलम्बन गर्ने गरेका व्यवसायी दुर्गा प्रसाई माओवादीदेखि एमालेसम्मको राजनीति गरे ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै विशेष चासोमा एमाले केन्द्रिय सदस्य समेत बनेका उनी पछिल्लो समय राजसंस्था, हिन्दु धर्म, संघीयताको खारेजी लगायतका मुद्दा लिएर सडकमा प्रदर्शन गर्ने र विभिन्न व्यक्तिलाई लान्छित गर्ने गरेका छन् ।
विभिन्न विवादीत अभिव्यक्तिका कारण विवादमा आइरहने प्रसाईले प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै केहि शंकास्पद कागजात सार्वजनिक गरेका थिए । पछिल्लो समय एमाले र एमाले नेतामाथि खनिने गरेका उनले सार्वजनिक गरेको कागजात सबै झुठा रहेको र किर्ते गरेको प्रहरीले दाबी गरिरहेको छ ।
आफूलाई सामाजिक अभियन्तासमेत बताउने दुर्गा प्रसाईँले क्यम्बोडियामा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर बराबरको शेयर रहेको आरोप लगाएका थिए । आफ्नै निवासमा केहि युट्युबरहरु बोलाएर विभिन्न विवरण सार्वजनिक गरेका थिए ।
प्रसाईले सार्वजनिक गरेको विवरण प्रारम्भिक रुपमा किर्ते रहेको प्रहरीले बताएको छ । तर, यसको ल्याब परीक्षणदेखि अन्य विषय बने अनुसन्धानको क्रममा नै छन् । यस्तोमा प्रहरीले प्रसाईविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कारवाही प्रक्रिया अगाडी बढाएको छ । साथै अन्य प्रमाण समेत जुटेको अवस्थमा त्यसमा पनि अनुसन्धान प्रक्रिया अगाडी बढाइने सीआइबीको भनाई छ ।
प्रहरीले दुर्गा प्रसाईविरुद्ध अहिले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्र्तगत कारवाही प्रक्रिया बढाएको छ । जस अन्र्तगत विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।
मुलुकमा राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने अभियानमा लागेका प्रसाईले केहि समय अघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी एक कम्पनीमा लगानी गरको अभिव्यतिm समेत दिएका थिए । जुन अभिव्यतिm समेत विवादमा आएको थियो ।
