क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आजबाट सुरु
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आजबाट सुरु भएको छ । आज देखि सुरु भएको पार्टीको महाधिवेशन मंसिर २३ गतेसम्म चल्नेछ ।
महाधिवेशनको उद्घाटन सत्रको पहिलो दिन आज शान्तिबाटिकामा जम्मा भएको जुलुस न्यूरोडस्थिति भूगोल पार्कमा गएर सभामा परिणत हुनेछ ।
महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने र परिमार्जनसहित पारित हुनेछ । महाधिवेशनमा देशभरबाट साढे तीन समय प्रतिनिधि सहभागी हुँदैछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १२:०३
प्रतिक्रिया दिनुहोस्
