काठमाडाैँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीन भ्रमणका लागि प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी बिहीबार दिउँसाे चीनतर्फ प्रस्थान गरेकी हुन् ।
परराषट्मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरे । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागस चीन गएकी हुन् ।
भ्रमणका क्रममा मन्त्री डा.राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली भने यही मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएकाे छ । परराष्ट्रमन्त्री राणा मङ्सिर १५ गते नै स्वदेश फर्कने कार्यक्रम छ ।
