बयानका लागि रवि लामिछानेलाई काठमाडौँ ल्याइयो
काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ ।
बिहीवार साँझ लामिछानेलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याइएको हो । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम समेत अपचलन गरेकाे उनीमाथि आरोप लागेकाे छ । यसैबारे बयान लिन र थप अनुसन्धान गर्न उनलाई साँझ बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १९:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
