News 24 Television
स्थानीय तहको उपनिर्वाचन सुरु 

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन सुरु भएको छ । आज मुलकभर स्थानीय तहका रिक्त ४१ पदहरुका लागि निर्वाचन हुँदैछ । जसमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

४४ पदहरुमा पद रिक्त भएपनि कैलाली र ओखलढुंगाको जिल्ला जिल्ला समन्वय समिति प्रमुख र रुकुमपूर्वको एउटा वडामा उम्मेदवारी दिएका उम्मेदवार निर्विरोध भएपछि ४१ पदका लागि निर्वाचन भइरहेको हो ।

उपनिर्वाचन भइरहेका विभिन्न मतदानस्थलमा मतदाताहरु पुगिसकेका छन् । केही ठाउँमा मतदान ढिला गरी सुरु भएपनि धेरैजसो स्थानमा बिहान ७ बजेदेखि नै मतदान सुरु भइसकेको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update