स्थानीय तह उपनिर्वाचन : ६२ प्रतिशत मत खस्यो, अधिकांशमा आजै मतगणना
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा आज विभिन्न स्थानीय तहमा गरी ४१ पदका लागि आइतबार मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
विज्ञप्ती जारी गर्दै आयोगले ६२ प्रतिशत मत खसेको जनाएको हो । आयोगका अनुसार उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटाले मात्रै उम्मेदवारी दिएका थिए ।
मतदान सम्पन्न भएसँगै सुरक्षित रुपमा मतपेटिका संकलन गरेर आजैबाट मतगणना सुरु हुने आयोगले जनाएको छ । अधिकांश स्थानीय तहमा आजै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुँदैछ ।


प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ १९:२७
प्रतिक्रिया दिनुहोस्
